प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
फाल्गुण २०७९
भन्सार छलीका सामान सहित मानिस पक्राउ
२०७९-११-२२

कैलाली:- मिति २०७९।११।२२ गते अस्थाई पोष्ट बसपार्क धनगढीवाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप-महानगरपालिका ४ स्थित जिल्ला कैलाली गो.न.पा. ५ बस्ने बर्ष ३५ को मान ब. बोहरा र निजले चलाएको  से ७ प ७७७० नं.को मो.सा.मा भारत बाट भन्सार छली गरी ल्याएको चिनी ५० के.जी, मैदा ४० के.जी.सहित नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागी कैलाली भन्सार कार्यालयमा बुझाईऐको ।कञ्चनपुर:- मिति २०७९।११।२२ गते ईलाका प्रहरी कार्यालय बेलौरी बाट खटिएको प्रहरी टोलीले जि.कञ्चनपुर बेलौरी न.पा.६ रिछाह बस्ने वर्ष ३० को सुरज राना सहित ३ जना मानिस, २ वटा मोटरसाईकल र अन्दाजि ४०,०००।– बराबरको १०० केजि बोईलर कुखुरा सहित मानिसलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्बन्धित निकामा बुझाईएको ।  

जुवा तास खेलिरहेको अबस्थामा ५ जना मानिस पक्राउ
२०७९-११-२०

कैलाली: मिति २०७९।११।१९ गतेको दिउसो ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिई गएको प्रहरी टोलीले जानकी गापा ३ भगतपुर स्थित बिरेन्द्र खनालको दुई तले पक्की घरको छतमा जुवा तास खेलिरहेको भन्ने बिशेष सुचनाको आधारमा निम्न स्थान बस्ने निम्न ब्यक्तिहरुलाई तास खेलिरहेको अवस्थामा फेला पारी निजहरुले खेलिरहेको तासको गड्डी र नगद रु.नेपाली २४,३३५।–(चौबिस हजार तिन सय पैतिस) र भारतीय रुपैया २,६३०।– (दुई हजार छ सय तिस) सहित बरामद गरी निजहरुलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ । निम्न:-१.जिल्ला कैलाली जानकी गाउँपालिका वडा नं.१ दुर्गौली बस्ने बर्ष ४९ को चन्द्रभान बम ।२.ऐ.ऐ.वडा नं.३ बस्ने बर्ष ४६ को जगत साउँद ।३.ऐ.ऐ.बस्ने बर्ष ३७ को दिपक बि.क. ।४.ऐ.ऐ.बस्ने बर्ष ३६ को शंकर नाथ ।५.ऐ.ऐ.बस्ने बर्ष ४६ को बिरेन्द्र खनाल । 

अबैंध भन्सार छलीका सामान सहित मानिस पक्राउ
२०७९-११-२०

कैलाली: मिति २०७९।११।१९ गतेको दिउसो कैलालीका बिभिन्न स्थानहरुबाट प्रहरी टोलीले अबैंध भन्सार छली ल्याएका सामान सहित मानिस पक्राउ गरेको हो ।   टीकापुर न.पा.८ स्थित भित्री सडक खण्डमा ऐ.कालिमाटी बस्ने बर्ष ४० को शंकर साउँदले गोरु गाडामा भन्सार छलि ल्याउदै गरेको स्टिल बाटा,स्टिल बाल्टिन, स्टिल पुन्यु,स्टिल डाडु, काँसका थाली,फलामको कडाई,ईलोक्ट्रिक आईरन,फलामको तावा लगायत जम्मा अंन्दाजी मुल्य रु २,७९,३५०।– (दुई लाख उनासी हजार तिन सय पचास) बराबरको सामान सहित निज शंकर साउँदलाई प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।       यसैगरि शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिई गएको प्रहरी टोलीले धनगढी उपमहानहरपालिका २ त्रिनगर भन्सार नजिक भारतबाट भन्सार  छली गरी ल्याएको मम्फली(बदाम),चना,प्याँज गरि  अन्दाजी रू.२४,०००।– बराबरको सामान बेवारिसे अवस्थामा फेला पारी पक्राउ गरेको हो ।    यसैगरि शुक्रबार दिउसो प्रहरी चौकी कैलालीगाउबाट खटिई गएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप-महानगरपालीका १३ राजपुरचोक  स्थित भारतबाट भन्सार छली गरि ल्याउका सेन्डिल चप्पल,बिडि,मैदा,कालो झिल्ली,सुपरपावर,आन्टि सुपारी,चियापत्ति,मसला लगायतका  अन्दाजी रु.५५००० (पच्पन्न हजार) बराबरको सामानहरु वेवारिसे अवस्थामा फेला पारी प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले उल्लेखित पक्राउ परेको सामान सहित मानिसलाई आवश्यक कारबाहीको लागी भन्सार कार्यालय पठाएको छ । 

जुवातास खेलिरहेको अवस्थामा ६ जना मानिस पक्राउ
२०७९-११-१६

कञ्चनपुर: मिति २०७९।११।१५ गतेको राती  ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिई गएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर पुनर्वास नगरपालीका वडा नं. ५ स्थित वडा कार्यालय भवन पछाडी जुवातास खेलिरहेको अवस्थामा निम्न स्थान बस्ने निम्न ब्यक्तिहरुका साथै खालमा रहेका नगद रू २,४०५।– ( दुई हजार चार सय पाँच मात्र ) ,एक गड्डी तास सहित प्रहरी टोलीले निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।निम्न:-१) जिल्ला कञ्चनपुर पुनर्वास न.पा. वडा नं.५ “ग” गाऊ बस्ने वर्ष ३३ को भक्त बोगटी ।२) ऐ. ऐ. बस्ने वर्ष ३७ को गणेश साँउद ।३) ऐ.ऐ. बस्ने बर्ष २७ को भक्त सिंह ।४) ऐ.ऐ. बस्ने वर्ष ३० को श्याम बोगटी ।५) ऐ.ऐ. बस्ने वर्ष २७ को शरद बि.सि.।६) जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं.१६ बस्ने वर्ष २१ को हिमाल सिंह । 

लागुऔषध सहित मानिस पक्राउ
२०७९-११-१५

कैलाली:- मिति २०७९।११/१४ गते नेपाल प्रहरी प्रदेश कार्यलय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीवाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप-महानागरपालीका वडा नं. २ ट्राफिक चोकबाट जिल्ला कैलाली  टिकापुर न.पा.५ बस्ने वर्ष ३० को प्रकाश बुढा सहित तिन जनालाई शंका लागी चेकजाँच गर्दा निजहरुको साथवाट लागुऔषध खैरोहेरोईन ७ ग्राम २०० मिलिग्राम सहित तिनै जनालाई प्रकाउ गरेको हो ।   यसैगरी आईतबार वेलुकी प्रहरी चौकी कैलालीगाँउवाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप-महानागरपालीका वडा नं. ३ वस्ने वर्ष २९ को दिपक रानाको साथवाट २६० मिली ग्राम लागुऔषध खैरोहेरोईन  फेला पारी नियन्त्रणमा लिएको । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बन्यजन्तु अखेटोपहार (चितुवाको हड्डी जस्तो देखिने) सहित मानिस पक्राउ
२०७९-११-१४

मिति २०७९/११/१४ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय डडेल्धुरावाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला डडेल्धुरा अमरगढी न.पा.५ बागबजार स्थित जिल्ला बाजुरा बुढीगंगा न.पा. १० बस्ने बर्ष २६ को  राजेन्द्र जैसी र ऐ. खप्तडछेडेदह गा.पा.७ बस्ने बर्ष २७ को बिर ब. वलीलाई हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट बन्यजन्तु अखेटोपहार (चितुवाको हड्डी जस्तो देखिने) ४ किलो ५ ग्राम  फेला पारि निज दुबै जनालाई समेत नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरि रहेको छ ।  

लागु औषध सहित मानिस पक्राउ
२०७९-११-१०

कञ्चनपुर:- २०७९/११/०९ गतेको साँझतिर ईलाका प्रहरी कार्यालय झलारीबाट खटिई गएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर,शुक्लाफाँटा ४ असैना स्थित ऐ.बस्ने महेश डगौरालाई शंका लागि चेकजाँच गर्ने क्रममा निजको साथबाट ०.८८ ग्राम लागु औषध (खैरो हिरोईन) सहित निजलाई पक्राउ गरेको हो ।       कैलाली:- यसैगरि मिति २०७९/११/०९ गतेको दिउसोतिर जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिई गएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उपमहानगरपालिका ४ नवजिवन अस्पताल नजिकबाट जिल्ला कैलाली ध.उ.म.न.पा.३ बस्ने बर्ष २४ को निश्चल कार्कीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट १०० मिलिग्राम खैरोहेरोईन सहित निजलाई पक्राउ गरेको हो ।      यसैगरि मिति २०७९।११।०९ गतेको साँझतिर ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिई गएको प्रहरी टोलीले जिल्ला कैलाली गोदावरी न.पा. २ दक्षिणकाली पेट्रोल पम्प नजिकै ऐ.ऐ ४ बस्ने बर्ष ३२ को  हरिश महरा र जि. डडेल्धुरा अमरगढी न.पा. ७ बस्ने बर्ष ३१ को नवराज भट्टराई सहित १३० मिलीग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

फरार प्रतिवादी पक्राउ
२०७९-११-०८

कैलाली:- मिति २०७९।११।०८ गतेको दिउसो अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिई गएको प्रहरी टोलीले जिल्ला कैलाली ध.उ.म.न.पा.४ बसपार्क स्थित  जिल्ला कैलाली ध.उ.म.न.पा.४ बस्ने बर्ष ३६ को कर्तब्य ज्यान मुद्वाको सम्मानित कैलाली जिल्ला अदालतको २०६६।०७।२४ गतेको फैसला अनुसार २ बर्ष कैद तोकिएको फरार प्रतिवादी अर्जुन भट्टराई र ऐ.बस्ने बर्ष ४७ को चोरी मुद्वाको सम्मानित कैलाली जिल्ला अदालतको २०७१।१०।२४ गतेको फैसला अनुसार ४ दिन कैद र रु.३२,०००।– जरिवाना तोकिएको फरार प्रतिवादी मोहन शाहलाई प्रहरी टोलीले पक्राउ गरेको हो । निज दुबै जनालाई आवश्यक कारबाहीको लागी  सम्मानित कैलाली जिल्ला अदालत कैलालीमा पेश गरिएको छ । 

चितुवाको छाला सहित मानिस पक्राउ
२०७९-११-०७

कैलाली: मिति २०७९/११/०७ गतेको दिउसो सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय चिसापानीबाट खट्टिएको संयुक्त प्रहरी टोलीले कुईने देखी चिसापानी तर्फ आउँदै गरेको चालक जिल्ला अछाम बिनायक नपा ६ तोली बस्ने बर्ष ३६ को तुल बहादुर बि.क.ले चलाएको से.५ प ८०३१ नं.को मोटरसाईकल पछाडी सवार जिल्ला जुम्ला तातोपानी  गापा ४ राउतवाडा बस्ने बर्ष ५० को तुल बहादुर खत्रीको साथमा रहेको झोला चेक जाँच गर्दा लम्बाई ७ फिट १० ईन्च र चौडाई ४ फिट ७ ईन्च भएको चितुवाको जस्तो देखिने छाला थान १ (एक) र बन्यजन्तुको जस्तो देखिने बिभिन्न भागका हड्डी २ किलो ९५० ग्राम सहित निज दुवै जना र मो.सा. समेत प्रहरी टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको छ । 

नक्कली नोट सहित मानिस पक्राउ:-कैलाली
२०७९-११-०६

मिति २०७९/११/०६ गतेको बिहान बिशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिई गएको प्रहरी टोलीले जिल्ला कैलाली टीकापुर नगरपालिका १ शिव मन्दिर बाहिर रहेको खुद्रा पसलमा एक हजारको नेपाली नोट साटी रहेको अवस्थामा ऐ.ऐ.२ बिजयनगर बस्ने बर्ष २३ को तपेन्द्र शाहीलाई फेला पारी चेकजाँच गर्ने क्रममा निजले साटी रहेको उक्त नोट नक्कली जस्तो देखिएकोले निजको शरिर खानतलासी गर्दा निजको साथबाट नक्कली जस्तो देखिने एक तर्फी रंगीन प्रिन्ट गरेको नोट थान १३ र दुबै तर्फ प्रिन्ट गरी जोडेको नोट थान ४ गरी जम्मा नेपाली एक हजारका नक्कली नोट थान १७ (सत्र) फेला पारी निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस पक्राउ
२०७९-११-०६

मिति २०७९/११/०५ गतेको साँझतिर ईलाका प्रहरी कार्यालय गुलरीयाबाट खटि गएको प्रहरी गस्ती टोलीले बिशेष सूचनाको आधारमा जि.कञ्चनपुर कृष्णपुर न.पा. वडा न. ४ त्रिवेणी चोक  बस्ने बर्ष अ.३५ को कमल दौल्यालको घरमा शंका लागी चेकजाँच गर्ने क्रममा घरको पछाडी घाँसबारीमा चरेस लुकाउन खोज्ने क्रममा निज कमल दौल्याललाई १ किलो ६२ ग्राम ला.औ.(चरेश) सहित फेला पारी बरामद गरी निज कमल दौल्याल समेतलाई प्रहरीले पक्राउ गरेको हो ।      यसैगरि शुक्रबार दिउसो जिल्ला कञ्चनपुर भिमदत्त न.पा. ११ गड्डाचौकी नेपाल-भारत सिमाना स्थित प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ऐ. ६ ऐठपुर बस्ने बर्ष ३० को प्रेम राज जोशीले चलाएको सु.प.प्र. ०१-००८ प. ३७४१ नं. को मो.सा.लाई शंका लागी चेकजाँच गर्ने क्रममा मो.सा. पछाडी सवार ऐ. बेदकोट न.पा. ९ बस्ने बर्ष ३२ को पुकार पाण्डेयको साथबाट २.३० ग्राम चरेश, कोरेक्स सिसि थान-१ र स्पस थान-१० क्याप्सुल सहित फेला पारी बरामद गरी दुवै जना र मो.सा. सहित पक्राउ गरेको हो ।     यसैगरि शुक्रबार साँझतिर प्रहरी टोलीले जिल्ला कञ्चनपुर भिमदत्त न.पा. ४ बजार स्थित ऐ. भि.न.पा. वडा न. ५ बनगाँऊ बस्ने बर्ष २२ को बिबेक ठगुन्नाले चलाएको से.४ प.३०४ नम्बरको पल्सर मो.सा. लाई शंका लागि चेकजाँच गर्दा निजको साथाबाट शुद्ध तौल गर्दा ०.१३ ग्राम ला.औ.(खैरो हिरोईन) फेला पारी कानुन बमोजिम बरामद गरि मोसा सहित निजलाई प्रहरीले पक्राउ गरेको हो ।    कैलाली:- यसैगरि मिति २०७९।११।०५ गतेको साँझतिर जिल्ला कैलाली,धनगढी उप-महानगरपालिका ८ क्याम्पस चोक स्थित खटि गएको प्रहरी टोलीले ऐ.ऐ. बस्ने बर्ष ३१ को  सुरज चौधरीलाई शंका लागी चेक जाँचगर्दा  निजको साथबाट  १५ ग्राम लागु औषध (खैरो हेरोईन) फेला पारी मानिस सहित प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागुऔषध सहित मानिस पक्राउ
२०७९-११-०५

कञ्चनपुर:- मिति २०७९/११/०४ गते साझको समयमा ईलाका प्रहरी कार्यालय गुलरिया कञ्चनपुरवाट खटिएको प्रहरी टोलीले गस्ति गर्दै जाने क्रममा जिल्ला कञ्चनपुर कृष्णपुर न.पा. ४ किचाई बस्ने बर्ष अ. ५० को बलबिर भट्टको खुद्रा पसलमा संकालागि चेकजाँच गर्दा ४१ ग्राम लागु औषध चरेस फेला पारी निजलाई पक्राउ गरेको हो । यसैगरि बिहिवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरवाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर भीमदत्त न.पा.३ भाँसी स्थित कोठा भाडा गरी बस्ने ऐ. बेदकोट न.पा.१० वस्ने बर्ष १९ को बिवेक बोहराको साथबाट ३.५६ ग्राम ला.औ. (चरेश) र निजकै साथाबाट ०.१४ ग्राम ला.औ. (खैरो हेरोईन) प्रहरीले बरामद गरेको हो । निज बिबेक बोहरा सहित २ जनालाई नियन्त्रणमा लिएको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लागू औषध सहित मानिस पक्राउ
२०७९-११-०४

कञ्चनपुर:- मिति २०७९।११।०३ गते साझतिर खटिगएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर पुनर्वास न.पा.११ अमरबस्ती स्थित ऐ.ऐ. बस्ने बर्ष ३२ को सविन महर्जन र ऐ.ऐ. वस्ने बर्ष २६ को राजु वि.क.लाई ४ ग्राम लागू औषध खैरोहेरोईन र नगद भारतिय रुपैया ४४२०, नेपाली रुपैया ६४९०, विभिन्न देशका सिक्का ७ वटा, डिजिटल काटा १ थान र से ५ प ५४९ नं.को मो.सा. सहित प्रहरीले पक्राउ गरेको हो । कैलाली:- यसै गरि प्रहरी चौकी त्रिनगर कैलालीवाट खटिएको प्रहरी टोलीले बुधवार साझ जिल्ला कैलाली धनगढी उमनपा-२ त्रिनगर ब्यारल स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको चालक जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं. ३ बस्ने बर्ष  २३ को आशिष ओलीले चलाएको सु.प.प्र.०१-००१०प ७९९९ नम्बरको मो.सा. लाई शंका लागी चेकजाच गर्दा निजको साथबाट लागू औषध खैरोहेरोईन ३ ग्राम ७० मिलि ग्राम र सोही मो सा को पछाडी सवार ऐ.ऐ.३ बस्ने  बर्ष २९ को बसन्त ओलिलाई समेत प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कैलालीका बिभन्न स्थानवाट लागुऔषध सहित मानिस पक्राउ
२०७९-११-०३

मिति २०७९/११/०२ गते रातिको समयमा जिल्ला प्रहरी कार्यालय कैलालीवाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ मनेहरा स्थित ऐ.ऐ. १७ धुर्जन्ना बस्ने बर्ष १७ को आयुश चौधरीको साथबाट २५० मिलिग्राम । यसै गरि अस्थाई प्रहरी पोष्ट जोगेडावाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उ.म.न.पा.१० खप्तड ईट्टा भट्टा नजिक ऐ.१५ बस्ने बर्ष २३ को हुकुम राना र निजकै श्रीमती बर्ष २३ की निलु चौधरीलाई ८५० मिलिग्राम लागुऔषध खैरोहेरोईन र निजहरुले प्रयोग गरेको सु.प.प्र.०१-००९ प २५८३ नं. को स्कुटर सहित दुबै जनालाई पक्राउ गरेको हो । सोही राती बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीवाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली गदावरी न.पा.१ अत्तरिया टेलीकम गल्लि स्थित ऐ. बस्ने बर्ष २४ को  सुमन थापाको आफु सुत्ने कोठा बाट  ४ ग्राम ३९० मिली ग्राम लागुऔषध खैरोरोईन फेला पारी पक्राउ गेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

लागूऔषध र भन्सार छलिका समान सहित मानिस पक्राउ
२०७९-११-०२

कैलाली:- मिति २०७९।११।०१ गते राती अन्दाजी ०९:०० वजेको समयमा अस्थाई प्रहरी पोष्ट जुगेडा कैलालीवाट खटिएकोरहरी टोलीले जिल्ला कैलाली धनगढी उपमहानगरपालिका ९ बङ्ग्राकटान स्थित ऐ.ऐ. ८ बुद्ध चोक बस्ने बर्ष २१ की मनिका वुढा, ऐ.ऐ. ८ धनगढीगाँउ बस्ने बर्ष २६ को महेश राना र ऐ.ऐ. ८ धनगढीगाँउ बस्ने बर्ष २० को रामलखन राना लाई शंका लागी चेकजाँच गर्दा २१० मिलिग्राम लागुऔषध हैरोहेरोईन सहित तिनै जनालाई पक्राउ गरेको हो । यसै गरि ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीवाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा जिल्ला कैलाली जानकी गाउँपालिका वडा नं. ६ जगतपुर घर भई ऐ.टिकापुर नगरपालिका वडा नं.१ वस्ने बर्ष २४ को नुतन कडायतले संचालन गरेको नमस्ते होटल चेक जाँच गर्दा निज नुतन कडायतले लगाएको जिन्स पाईन्टमा प्लाष्टिकमा लुकाई राखेको  १०० मिलिग्राम लागु औषध खैरोहेरोईन फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरि रहेको । मिति २०७९।११।०१ गते राति अन्दाजी ०९:०० वजेको समयमा प्रहरी चौकी त्रिनगरवाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप-महानगरपालिका २ फनपार्कस्थित भारतबाट भन्सार छलि गरी ल्याउदै गरेको अवस्थामा चालक भारत लखिमपुर खिरि कृष्णनगर ८ पलिया बस्ने बर्ष २४ को अमन गुप्ताले चलाएको UP31AB 4658 नम्बरको मो.सा.र चालक जिल्ला बाजुरा बडिमालिका नगरपालिका ३ घर भई हाल जिल्ला कैलाली धनगढी उप-महानगरपालिका २ तिलके ताल  बस्ने बर्ष २४ को सुरज बोहराले चलाएको से.३ प ५५११  नम्बरको मो.सा.मा सुट थान २०४ र साडी थान ५ गरी अं.मुल्य रू.१,४५,०००।- बराबरको समान, चालक र मो.सा. सहित पक्राउ गरि आवश्यक कारवाहीको लागि सम्वन्धित निकायमा बुझाईएको । यसै गरि  प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटि गएको प्रहरी गस्ती टोलीले जिल्ला कैलाली टीकापुर नगरपालिका वडा नं. ९ बालुवाटार नजिक रोड कोछेउमा सु.प.प्र.०१०१०प ८१७ नं.को मो.सा.मा पछाडी बाधी राखेको बोरामा ३ पिस रिङ पिस्टोन र ट्याक्टरका पार्टपुर्जा गरि अं.रू. ६२,००० (बैसठ्ठी हजार) बराबरको बेवारीसे अबस्थामा सामान फेला पारी मो.सा. सहित नियन्त्रणमालिई आवश्यक कारवाहीको लागि सम्वन्धित निकायमा बुझाईएको ।

बाघको छाला, अबैध भन्सार छलिका सामान र लागु औषध सहित ३ जना मानिस पक्राउ
२०७९-११-०१

कैलाली:- मिति २०७९।११।०१ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली र ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीवाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले जिल्ला अछाम चौरपाटी गाउपालीका वडा नं. ५ बस्ने बर्ष १८ को सुबाश बोहरा र ऐ.बस्ने बर्ष १७ को सुनिल बोहरालाई जिल्ला कैलाली गोदावरी नगरपालीका वडा नं. २ अत्तरिया वसपार्क स्थित शंका लागि चेक जाँच गर्दा निजहरुको साथवाट बाघको छाला थान- १ (पुच्छरसहितकोलम्बाई ३ फिट,चौडाई ५ ईन्च) भएको वाघको छाला सहित मानिसलाई पक्राउ गरेको हो । यसै गरि ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीवाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली टिकापुर न.पा.१ बनगाउँ स्थितऐ.बस्ने बर्ष २५ को यम बहादुर घर्तिमगरको साथबाट ६६० मिलि ग्राम लागु औषध खैरोहेरोईन फेला पारी पक्राउ गरेको । यस सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको । कञ्चनपुर:- मिति २०७९।१०।२९ गते दिउसो ईलाका प्रहरी कार्यालय ड्डाचौकि कञ्चनपुरवाट खटिएको प्रहरीटोलीले जिमुवा जाने रोड स्थित प्र.ना.नि.देब सिह बुडालको कमाण्डमा खटीएको टोलीले भारतबाट भन्सार छली गरील्याएको अ.रु.१०,५००।- बराबरको (साईकल ट्युब ३५ पिस,साईकल टायर ४ पिस र चिनि ५० किलो)सामनहरु बेवारिसे अवस्थामा फेला आवश्यक कारवाहीको लागि सम्वन्धित निकायमा पठाईएको । 

अधिक लोड >>
कम देखाउनुहोस् <<